|

काठमाडौं : पोखरा प्रिमियर क्रिकेट लिग (पिपिएल) को ट्रफी सार्वजनिक भएको छ।

शुक्रबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच पीपीएलको ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी ५ टोलीका कप्तानको सहभागिता रहेको थियो।

पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन्। ट्रफी सार्वजनिक कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए।

पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए। त्यस्तै शनिवार भनिएको उद्धघाटन खेल  सरेको छ। मौसममा आएको खराबीले काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको खेल आइतबार सारिएको छ। पिपिएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ। पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन्।

पिपिएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ।

यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई ५० हजार रुपैयाँ साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.