सेनाले गर्नुपर्ने डिस्पोजमा प्रहरी किन अघि सर्यो ?
सेनाले गर्नुपर्ने डिस्पोजमा प्रहरी किन अघि सर्यो ?
काठमाडौं : धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
विस्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा बम राखिएको अनुमान प्रहरीले गरेको छ। व्यापारिक पृष्ठभूमिका साहको शुक्रबार राति आफ्नै घरमा भएको शक्तिशाली बम विस्फोटमा परी ज्यान गएको छ। उनका छोरा आनन्द र बम राखिएको सूचना पाएपछि घटनास्थल पुगेका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको पनि ज्यान गएको छ।
प्रहरी जवान रिजनाथकुमार महतो, राजेशका १४ वर्षीय छोरा प्रकाश, २२ वर्षीया छोरी निक्कीकुमारी र ७३ वर्षीय बुबा भिखारी साह पनि विस्फोटमा घाइते भएका छन्। प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि धरान लगिएको छ।
प्रहरीले सेनालाई नबोलाउँदा क्षति
राति पौने १२ बजेतिर शौच गर्न निस्कँदा राजेशले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले बम निष्क्रिय पार्ने टोलीलाई खबरै नगरी आफैंले बम निकाल्न खोजेको थियो। तर बम निकाल्ने क्रममा ठूलो विस्फोट भई जनधनको क्षति भएको हो। विस्फोटका कारण राजेशको धरमा पनि क्षति पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।