|

मुगु : बिहीबारदेखि कर्णालीका उच्च भेगमा हिमपात शुरु भयो। नेपालकै सबैभन्दा ठूलो ताल रारा पनि समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेकाले रारामा पनि हिमपात भयो।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा लगातारको हिमपातले यतिबेला रारा सेताम्मे बन्नुका साथै चाँदी झैं टल्किएको छ।रारामा गहेर हिउँ खेल्ने र रारामा लुकामारी गर्न पर्यटक चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ। रारा वरवर २ फिटसम्म हिउँ जमेको छ। रारा वरिपरिका रूखरविरुवा पनि हिउँले सेताम्य भएका छन्। 

राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक रूप बदल्ने गर्दछ। यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्। यति बेला रारा हिउँले सेताम्य मात्रै होइन रारा मनमोहक देखिनुका साचै चाँदी झैं टल्किएको रारा घुम्न आएका बिस्नु राम शाहले बताए।

 

मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाई छ। रारा ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ। 

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिँदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.