|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको भूस्वर्ग मानिने  प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा भारी हिमपात भएको छ। बुधबार रातिबाट त्यस क्षेत्रमा हिउँ परिरहेको हो। 

हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.