|

डोल्पा : डोल्पाको जुफाल बिमानस्थलमा एकदिनदेखि रोकिएको समिट एयरको जहाँज शनिबार दिउँसो नेपालगञ्ज बिमानस्थल उडेको छ।

खराबम मौसमका कारण शुक्रबारदेखि बिमानस्थलमै रोकिएको समिट एयरको जहाज धावन मार्गमा जमेको बाग्लो हिउँ ट्याक्टर र स्थानीय लगाएर पन्छाइपछि दिउसो दुई बजेर नेपालगञ्ज उडेको हो।

शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्ग मै जमेको हिउँ बिहानैदेखि ट्याक्टर,एयपोर्टका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय मिलेर पन्छाएर जहाज उडाउन सफल भइएको बिमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायव निरीक्षक कमल शाहले जानकारी दिए।

शुक्रबार नेपालगञ्जबाट यात्रु बोकेर जुफाल बिमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो।

जहाज रोकिएको केहीघण्टा पछि हिउँ पर्न सुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो। धावनमार्गमा हिउँ जमेकाले शनिबार कुनै पनि उडान भएन्। हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार बिभिन्न बिमान कम्पनीहरूले उडान भर्ने जुफाल बिमानस्थलले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.