|

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शहिद अफ्रिदीको नाममा एक अनौठो रेकर्ड दर्ज भएको छ। अफ्रिदी अहिलेसम्म अन्तर्राष्ट्रिय र लिग क्रिकेटमा १०० पटक शून्य रनमा आउट भएको रेकर्ड दर्ज भएको हो।

अर्थात अफ्रिदी जिरोमा आउट हुने सतक पूरा गर्ने पहिलो खेलाडी बने। बंगलादेश प्रिमियर लिग (बिपीएल)का दौरान यी पूर्वअलराउन्डर राजशाही रोयल्सविरुद्ध खाता खोल्न असफल हुँदा कीर्तिमान बनेको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ पटक अफ्रिदी शून्य रनमा आउट भएका थिए। पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्यून’ मा अफ्रिदीको यो रेकर्डको चर्चा गरिएको छ। उसका अनुसार अफ्रिदीले अन्तराष्ट्रिय क्रिकेटा ४४ पटक खाता खोल्न नसकी आउट भएका छन्।

उनले एकदिवसीइमा ३०, टेस्ट क्रिकेटमा ६ र टी-२० मा ८ पटक शून्य रनमा आउट भएका थिए। बाँकी उनी ५६ पटक शून्यमा आउट भएका अन्य खेलहरू भने लिस्ट ए, फस्ट क्लास, र क्लब टी-२० लिग रहेका छन्।

एकदिवसीय क्रिकेटमा सर्वाधिक धेरै पटक शुन्य रनमा आउट हुने रेकर्ड श्रीलंकाका पूर्वकप्तान सनथ जयसुर्याको नाममा रहेको छ। उनी ३४ पटक शून्य रनमा आउट भएका थिए। जयसुर्या र अफ्रिदी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।

४४ वर्षका सहिद अफ्रिदीले पाकिस्तानका लागि कुल २७ टेस्ट, ३९८ एकदिवसिय र ९९ टी-२० खेलेका छन्। उनी पाकिस्तानका सर्वाधिक सफल अलराउन्डरका रूपमा चिनिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.