|

काठमाडौं : पोखरा प्रिमिएर लिग (पीपीएल) आजदेखि पोखरामा शुरु हुँदै छ। 

उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन भिड्दै छन्।  पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रदा पहिलो जितको खोजीमा हुनेछन्। पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहन्छन्। 

खेल बिहान साँढे ११ बजे सुरु हुनेछ। पहिलो संस्करणमा दुवै टोली आमने सामने भएका थिए । जसमा पोखराले काठमाडौँलाई ४ विकेटले पराजित गरेको थियो।

पोखराका लागि भारतीय खेलाडी रभी इन्दर सिंह महत्वपूर्ण खेलाडी हुन्। सिंह गत संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। पोखराबाट खेलेका उनले ६ खेलमा २ सय ६० रन बनाएका थिए। यस्तै काठमाडौँका लागि गौरब तोमार महत्वपूर्ण रहेका छन्। तोमार गत संस्करणका सिंहपछिको सर्वाधिक रन बनाउने खेलाडी हुन्।

लीग विजेताले २७ लाख पुरस्कार पाउँने छ भने उपविजेताले १० लाख पुरस्कार हात पार्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.