|

हेटौंडा : पूर्व–पश्चिम राजमार्गको विकल्पमा ल्याइएको मदन भण्डारी राजमार्ग निर्माणको काम धमाधम काम भइरहेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडाका अनुसार कामको गति अझै बढाइएको छ। 

धरान–चतरा मार्गको रुपमा निर्माण थालिएको मार्गलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा अघि बढाएसँगै कामलाई तीव्रता दिएको कार्यालय प्रमुख राजेश पौडेलले बताए। धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडासम्मको काम थालिए पनि मदन भण्डारी राजमार्गको रुपमा झापादेखि डडेलधुरासम्म १२ सय ५० किलोमिटरमा सडकलाई बिस्तार गरिएको प्रमुख पौडेलले बताए।

सडक बिस्तारसँगै नाम पनि परिवर्तन भएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख पौडेलका अनुसार मंसिर अन्तिम सातासम्म मकवानपुर र सिन्धुली खण्डको काम करिब ७० प्रतिशत सकिसकेको छ। ३० मिटर चौडा रहेको सडकको पहिलो तह ११ मिटर र दोस्रो तह सात मिटरले कालोपत्रे गरिने भएकाले कालोपत्रे गर्ने कामको गतिलाई पनि तीव्र पारिएको छ। हेटौंडा–सिन्धुली खण्डको ११५ किलोमिटरमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ।

मकवानपुर र सिन्धुलीमा बन्ने ३३ मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको छ। १० वटामा जगको काम सकिएको छ। विवादका कारण दुईवटाको काम अघि बढाउन नसकिएको योजना कार्यालयले जनाएको छ।

राजमार्गको पुलतर्फको काम २ अर्ब ९९ करोड र सडकतर्फ ७ अर्ब १० करोडमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ७३ दशमलव १९ प्रशितश प्रगति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.