|

जनकपुरधाम :  मुख्यमन्त्री लालबाबु राउतले  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरमा शुक्रबारराति भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन्।

घटनाप्रति चासो नदेखाएको भन्दै आलोचना भएपछि बिहानै घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने घोषणा गरे। मृतक परिवारलाई उपलब्ध गराईने रकमबारे अगामी मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने उनले बताए। 

टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, प्रदेशसभा सदस्य सिघासन कलबारसहितको सहभागिता रहेको थियो।

बम बिस्फोटको घटनामा परि प्रहरीनिरीक्षकसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ। घाइतेहरुको उपचार धरानमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.