पाँचको सनाखत
पाँचको सनाखत
काठमाडौं : सिन्धुपाल्चोकमा भएको दुर्घटनामा घाइते भएकोमध्ये १० जनालाई काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। भने अन्यको सिन्धुसदावहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ।
घाइतेहरूलाई काभ्रेको धुलिखेल अस्पताल र काठमाडौंको विभिन्न अस्पतालमा ल्याइएको छ। भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ मा आइतबार बिहान दुर्घटना भएको थियो।
दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये पाँचजनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षीय शुकबहादुर तामाङ, सोही स्थानका ६० बर्षीया सविना तामाङ र दोलखा भीमेश्वरका ३७ वर्षीया जुनुमाया तामाङ, सोही ठाउँकी मन्जु तामाङ र रामेछाप उमाकुन्ड गापा ५ का महेश तामाङ रहेकाे डीएसपी माधव काफ्लेले जानकारी दिए।
भक्तपुरबाट कालिञ्चोक गएको बस बा ४ ख ४४६८ नम्बरको मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।