|

काठमाडौं : सांसदले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधि तथा खोप डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधि र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन्।

त्यस्तै, उनले अधिकांश स्थानीय तहमा भ्याक्सिन पुर्‍याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सही काम गर्ने र रोग उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए।

समितिका सभापति जयपुरी घर्तीले खोपको प्रभावकारिता बढ्दै गएको भए पनि प्रयोगमा रहेका औषधिको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन्। उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पूरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन्।

छलफलमा स्वास्थ्य विज्ञहरूले नेपालमा प्रयोग हुने कुनै पनि खोपहरू परीक्षणका लागि नभएको बताएका छन्। उनीहरूले अन्य मुलुकमा प्रचलित खोपहरू नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.