|
फाइल फोटो

काठमाडौं : खानेपानीमन्त्री बिना मगरले खानेपानी उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छन्।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौँ वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्। उनले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरूका समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत बताइन्।

महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरू नमुना आयोजनाको रूपमा स्थापित भएको बताउँदै उपभोक्ताको विश्वास बढेको बताए। उनले आयकर, भ्याटलगायतका विषय र विद्युत महसुलमा सरकारले सिँचाइ सरहलाई दिने सहुलीयत नदिँदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गरे।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आयकर तथा भ्याट लगातयका समस्या समाधानका लागि मन्त्रालयले अर्थमन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए। उनले उपभोक्ता समितिहरूलाई सेवामूलक संस्थाको रूपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे। त्यस्तै उनले ग्रामीण क्षेत्रका खानेपानी आयोजनाको लिफ्टिङका लागि सरकारले विद्युत महसुलमा छुट दिनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.