|
फोटो पोखरा पल्टनको फेसबुबाट

काठमाडौं :पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेटमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको पराजित गरेको हो।

टस जितेर पहिला फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौं गोल्डेन वारियर्सलाई निर्धारित २० ओभरमा ११५ रनमा रोकेको थियो। ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखरा पल्टनले एक विकेटको क्षतिमा १५ औँ ओभरमै जित हासिल गरेको हो।

पोखरा पल्टनका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६५ रन बनाए। यस्तै, रवि इन्दर सिंहले ३८ रन र आसिफ शेखले १४ रन बनाए।काठमाडौं गोल्डेन वारियर्सलाई सस्तोमै समेट्न पोखरा पल्टनका लागि कुशल मल्ल, ललित राजवंशी र रशिद खानले दुई/दुई विकेट लिए।

यस्तै, प्रथमेश डाके र सरबजित लद्दाले एक/एक विकेट चट्काए। यसअघि काठमाडौं गोल्डेन वारियर्सका सुबोथ भाटीले सर्वाधिक ४५ रन बनाएका थिए। यस्तै, सुशान भारीले १० र गौरव टोमरले १३ रन मात्र बनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.