७० बर्षमा देश चलाउने युवा जोश

|

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम फेरि शक्तिमा पुग्दैछन्। पार्टीभित्र राजनीतिक उचाइ खोजिरहेका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहमतिमै शक्तिमा लान लागिएको हो। 

गत साता बसेको स्थायी समिति बैठकमा वामदेवको शक्ति आरोहरणका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रयास नगरेका होइनन्। पार्टी र सरकारको आलोचना एवं प्रतिरक्षामै समय खर्च हुँदा वामदेवबारे औपचारिक हुन पाएन। 

तर स्थायी समितिको बैठकमा प्रस्ताव गरिएको ८ बुँदे विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गर्ने बुँदा वामदेवलक्षित छ। सो बुँदामा उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने, अध्यक्षलाई सघाउने र केन्द्रीय कमिटीले तोकेका अन्य कार्य गर्ने उल्लेख छ।

पार्टीभित्र राजनीतिक उचाइ खोजिरहेका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहमतिमै शक्तिमा लान लागिएको हो। 

गत साउन ३१ गते बसेको नेकपा सचिवालयको ३१औं बैठकमार्फत 'केन्द्रिय सचिवालय सदस्य कमरेड वामदेव गौतमलाई पार्टी केन्द्रिय कमिटी उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटी समक्ष प्रस्ताव लैजाने' निर्णय गरेको थियो।

निरन्तर शक्तिमा

मुख्यत: पार्टीको स्थायी समितिको बैठकबाट गौतम बलियो बन्दैछन्। वि.सं. २०५१ सालताका उनी पार्टीको शक्तिशाली उपमहासचिव बने। राजनीतिक संक्रमणबीच बनेको संयुक्त सरकारमा पनि उनी पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री र शक्तिशाली गृहमन्त्री पनि बने। गौतम शक्ति त पुगे, तर त्यो टिकाउ चाहिँ भएन।

गौतमकै पहलमा दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच एकता भएको कसैबाट छिपेको छैन। केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बन्न सक्नु त्यसैको प्रतिफलमध्ये एक हो। तर, भागबण्डा र गुट/उपगुटको अभ्यासले निरन्तरता पाउँदा ओली र गौतमको सम्बन्धमा त्यसपछि तुषारो पर्‍यो।

अहिले ओली र गौतमको सम्बन्ध स्थापित गराउन अध्यक्ष प्रचण्ड लागिपरेका छन्। गौतमले छाडेपछि आफ्नो शक्ति कमजोर भएको आभास भएरै हुनुपर्छ- अहिले उपाध्यक्ष बनाएर गाैतमलाई रिझाउने कसरतमा स्वयं ओली नै लागिरहेका छन्।

पुष्पलाल समूहबाट २०३३ सालमा अलग भएर मदन भण्डारीका साथ जीवराज आश्रित-मोदनाथ प्रश्रितसहित तत्कालीन मालेमा प्रवेश गरेका गौतम हिम्मतिला र अनुशासित नेतामा गनिन्छन्। उनलाई जान्‍ने र नजिकबाट चिन्‍नेहरु भन्छन्- 'छिटो विश्वास र छिटो अविश्वास गर्ने उहाँको बानीलाई अरूले दुरुपयोग गर्छन्।'

२६ वर्षपछि संगठन विभाग

राजनीतिक उतारचढावका क्रममा २६ वर्षपछि गौतमले नेकपाको बलियो विभागमा गनिएको संगठन विभाग जिम्मेवारी पाएका छन्। त्यहाँबाट आफ्नो शक्ति वृद्धिको लयमा लागेको गौतमलाई पार्टीले अहिले उपाध्यक्षसमेत बनाउने तयारी भएको छ।

पुष्पलाल समूहबाट २०३३ सालमा अलग भएर मदन भण्डारीका साथ जीवराज आश्रित-मोदनाथ प्रश्रितसहित तत्कालीन मालेमा प्रवेश गरेका गौतम हिम्मतिला र अनुशासित नेतामा गनिन्छन्। उनलाई जान्‍ने र नजिकबाट चिन्‍नेहरु भन्छन्- 'छिटो विश्वास र छिटो अविश्वास गर्ने उहाँको बानीलाई अरूले दुरुपयोग गर्छन्।'

करिब पाँच दशकभन्दा लामो कम्युनिष्ट राजनीतिमा उनी एक सशक्त नेताका रुपमा स्थापित भएका छन्। तर, गौतमको पाँच दशक लामो राजनीतिक इतिहासमा उनले पार्टी र सरकार प्रमुखको जिम्मेवारी प्राप्त गरेका छैनन्। पार्टीभित्र चाहिँ गौतमले अहिलेपनि साहसिक र आँटिलो नेताकै छवी बनाएकै छन्।

जसरी पनि संसद भवन छिर्ने र कार्यकारी हुने आकांक्षा राखेका गाैतमले नेकपाकै शीर्ष नेताहरुमार्फत डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन आग्रह गरे। तर गौतमलाई शक्तिमा आउन नदिन खोज्ने पार्टीभित्रकै इतर गुट र डोल्पालीलगायत आम नागरिकको तारोमा गौतम फेरि फसे। सांसद बुढाले पनि राजीनामा दिने बताउँदा आफुलाई डोल्पाली जनताले लखेटेको दाबी गरेपछि त्यतिखेर वामदेवको संसद लक्ष्यमा अल्पविराम लाग्यो।

२०५४ सालमा एमाले विभाजनपछि बनेको मालेमा उनी निर्णायक भूमिकामा नै थिए। ०५४ साल फागुन २१ गते गौतमको नेतृत्वमा एमाले फुट्यो। गौतमले नेकपा माले घोषणा गरेर त्यसको महासचिव भएका थिए। उनले पार्टी अध्यक्ष सहाना प्रधानलाई बनाए। 

फापेन चुनाव

२०५४ को स्थानीय निर्वाचनताका गृह मन्त्रालय सम्हालेका वामदेवलाई तत्कालिन एमालेको बहुमत ल्याउन शक्ति दुरुपयोग गराएको आरोप लाग्यो। आरोपको प्रतिवाद गर्दै उनले 'धाधली हुन नदिएको मात्रै हो, धाँधली गरेको होइन' भने।

एमाले फुटाएपछि मालेको कार्यकारी नेता बनेका वामदेवले ०५६ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। सो क्षेत्रमा गौतमले चुनाव हारे, किनकी सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका कारण लोकप्रिय बनेका पूर्वप्रधानमन्त्री एवं तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीसमेत सोही क्षेत्रमा चुनाव उठेका थिए।

०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवारसँग गौतम पराजित भए। सोही निर्वाचनमा पार्टी प्रमुख तत्कालीन महासचिव माधवकुमार नेपालले पनि काठमाडौंमा पराजय ब्यहोरे।

यसबीचमा गौतमले संसद भवन छिर्नका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का संसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाउनेसम्मका कुरा सार्वजनिक भए। तर त्यसमा पनि विरोध भयो।

जसरी पनि संसद भवन छिर्ने र कार्यकारी हुने आकांक्षा राखेका गाैतमले नेकपाकै शीर्ष नेताहरुमार्फत डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन आग्रह गरे। तर गौतमलाई शक्तिमा आउन नदिन खोज्ने पार्टीभित्रकै इतर गुट र डोल्पालीलगायत आम नागरिकको तारोमा गौतम फेरि फसे। सांसद बुढाले पनि राजीनामा दिने बताउँदा आफुलाई डोल्पाली जनताले लखेटेको दाबी गरेपछि त्यतिखेर वामदेवको संसद लक्ष्यमा अल्पविराम लाग्यो।

कमरेड वामदेव 'सम्माननीय प्रधानमन्त्री' बने भने कुनै आश्चर्य हुनेछैन। किनकी उनका समकक्षी माधव नेपाल, झलनाथ खनाल र केपी ओली मुलुकको कार्यकारी ओहोदामा पुगिसकेका छन्। वामदेवलाई पो चुनाव फापेन र!

२०७४ मा भएको चुनावमा बर्दिया क्षेत्र नं. १ बाट उम्मेदवार बनेका गाैतम कांग्रेसका सञ्जय गौतमसँग पराजित भए। रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको कास्की क्षेत्र नं-२ मा उम्मेदवार बन्ने चाहना राखेका गाैतम व्यापक विरोधका कारण पछि हटे।

यतिखेर चाहिँ पार्टीमा शक्तिशाली बनाउँदै कुनै न कुनै बाटो खोलेर वामदेवलाई एकफेर मुलुकको कार्यकारी प्रमुख बन्न दिन नेकपा उदारजस्तो देखिएको छ। यो उदारता कायम रहिराख्दा कमरेड वामदेव 'सम्माननीय प्रधानमन्त्री' बने भने कुनै आश्चर्य हुनेछैन। किनकी उनका समकक्षी माधव नेपाल, झलनाथ खनाल र केपी ओली मुलुकको कार्यकारी ओहोदामा पुगिसकेका छन्। वामदेवलाई पो चुनाव फापेन र!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.