|

काठमाडौं : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई आइतबार जिल्ला ‍अदालत काठमाडौंमा उपस्थित गराइएको छ। संसद सचिवालयकी कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा डिल्लीबजार कारागारमा थुनामा रहेका महरालाई अदालतमा उपस्थित गराइएको हो।

महराको आज बकपत्र गराइएको छ। जिल्ला न्यायाधीस अम्बरराज पौडेलले बन्द इजलासमा महराको बकपत्र गराइएको बताए। यसअघि जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबरजस्ती करणी उद्योगमा महरालाई गत मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि महरा डिल्लीबजार कारागारमा छन्।

महरा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगे पनि जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाई गरेको छैन। महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

बलात्कार गर्ने प्रयास गरेको आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् भने उनी सांसद पदबाट पनि निलम्बित भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.