|

बुटवल : मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले संघीयतापछि स्थानीय सरकारदेखि संघसम्म भ्रष्टाचार संस्थागत भएर मौलाएको बताएका छन्।

दण्डहीनताका कारण स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार बढदै गएको उनले बताएका हुन्। भ्रष्टाचार र विकृती संस्थागत रूपमा जेलिएको बताउँदै पहाडीले राजनीतिक दलहरूमा दृढ इच्छाशक्तिको कमी भएको उल्लेख गरे।

‘जनतामा निराशा छाउँदै छ, किनभने जो दोषी हो त्यसमाथि कारबाही भएको छैन। यसकारणले भ्रष्टाचार सस्थागत भएर जेलिएको हो’ उनले भने।

मानव अधिकार तथा शान्ति समाजको २२औँ राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्नका लागि आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले लोकतन्त्रमा ग्रहण र धमिरा लागेको भन्दै दुःख व्यक्त गरे।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह गर्दै उनले सरकारले पनि त्यसअनुसारको वातावरण मिलाउनु पर्ने बताए।

शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तीन तहको सरकार बनेपछि झन भ्रष्टाचार बढेको खबर सुन्नु परेको बताए। मानव अधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद् बैठककामा भारतद्वारा नेपालको सीमा अतिक्रमण, जलवायु परिवर्तनको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुर्व्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसारलगायत विषयमा छलफल भएको छ।

गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान सञ्चालनलगायत महत्वपूर्ण विषयमा पनि छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.