|

कञ्चनपुर : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई  भीमदत्तनगरमा आइतबार भव्य स्वागत गरिएको छ। भीमदत्त नगरपालिका ३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन्।

नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन्। भीमदत्त नगरपालिका कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा  भीमदत्तनगर बजारमा विजय र्‍याली निकालेको थियो। बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्। कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५२५ नगद समेत प्रदान गरेका छन्। कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरेका छन्।

कार्यक्रममा वडा अध्यक्ष जप्रेलसहित वडा नं ७ का अध्यक्ष शंंकर कुँबर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्‍यालीमा सहभागी भएका थिए। वडा अध्यक्ष जप्रेलसहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.