|

खोटाङ : खोटाङमा वलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। रावाबेंशी गाउँपालिका ४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको वलेरो जीप दुर्घटनामा घाइते भएका चालक रामबहादुर कुँवरको मृत्यु भएको हो।

सल्यानको शारदा नगरपालिका ४ शारदाका चालक कुंवरको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। गम्भीर घाइते जिप चालक कुँवरलाई शनिबार राति ऐंसेलुखर्क गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल दिक्तेल उपचारमा ल्याइएको थियो।

अस्पतालले उनलाई राति ११ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए। जिप धनी र चालक डुम्रेधारापानीबाट कटहरे बेंशीतर्फ धान लिन जाने क्रममा जिप सडकबाट १ किलोमिटर तल खसेको थियो।

जिप खस्दा गाडीका धनी डुम्रेधारापानी रमितेका ४० वर्षीय रमेश अधिकारीको घट्नास्थलमै शनिबार मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.