मुगु : मुगु र हुम्ला जोड्ने गमगढी-चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्मको ६७ किलोमिटर सडक निर्माणको काम हिमपातले प्रभावित भएको छ। बिहीबार रातिदेखि उच्च हिमाली बस्तीलगायत जिल्ला सदरमुकाममा गमगढीमा बाक्लो हिउँ परेपछि कामदार चिसोले भागेपछि काम रोकिएको हो।
चंखेलीमा ३ फिट र सातथाप्ले लगायतका स्थानमा दुई फिटसम्म हिउँ जमेका कारण काम गर्न असजिलो भएको छ। गमगढी-चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडकमा काम गरिरहेका एकसय तीन समूहले काम गरिरहेका छन्।
बिहीबार मौसम परिवर्तन भई बाक्लो हिमपात भएपछि कामदार चिसो खप्न नसकि आ आफनो घरमा गएका र सडक निर्माणको काम रोकिएको ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिंक रोडका प्रोजेक्ट फिल्ड म्यानेजर विष्णुराम विष्टले जानकारी दिए।
गमगढी-चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडक ६७ किलोमिटर छ। तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहे पनि हिमपातले सडक निर्माणको कामलाई प्रभावित बनाएको फिल्ड म्यानेजर विष्टले बताए। सडक निर्माणको काम २०२० अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
लक्ष्य अनुसार नै धमाधम काम भइरहेकाले मुगुको सिमाना आसपासमा काम तोकिएकै समय सम्पन्न गर्न सकिने र हुम्ला क्षेत्रमा तोकिएको मिति भन्दा केही महिना यस्तै हिमपातलगायत विविध कारणले धकेलिने ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रिका पोजेक्ट फिल्ड म्यानेजर विष्टको भनाई छ।
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सडकको काम अहिलेसम्म ५८ किलोमिटर ट्रयाक खुलिसकेको र बाँकी नौ किलोमिटर ट्रयाक खुलाउन बाँकी रहेको विष्टले बताए। हिमपातमै हुम्लाको जाँचेमा तीनवटा मेशिनले काम गरिरहेका छन्। बाँकी मेशिन हिमपात चिसाले थन्किएका छन्।
सडक निर्माणमा मेशिन र मान्छेको मिश्रित प्रणालीमा भएका भएपनि हिउँ परेकाले कामदार भागेका र मौसम सुधार हुँने बित्तिकै एक हप्ताभित्रबाट काम सुचारु गरिने ग्रामीण पहुँच कार्यक्रम र्याप थिले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।