|

काठमाडौं : सिन्धुपाल्चोक दुर्घटनाको शोकमा जुगल गाउँपालिकाले सोमबार बिदा दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन्।

सुनकोसी गाउँपालिका-७ को ६ किलोस्थित खाडिचौर-जिरी खडकखण्डमा दुर्घटना बस दुर्घटना हुँदा मृत्यु भएकाको शोकमा गाउँपालिकाले बिदा दिने भएको हो। दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किँदै गर्दा आइतबार सडक दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा छ जना जुगल गाउँपालिकाका रहेका छन्।

'जुगल गाउँपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, आकस्मिकबाहेकका स्वास्थ्य सेवालगायत जुगल गाउँपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरूमा बिदा हुने तथा पूर्वनिर्धारित समय तालिकाअनुसार गाउँपालिका प्रोफाइ निर्माणका लागि गणक छनोट परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित' पालिकाले जारी गरेको सूचनामा भनिएको छ।

आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। घाइतेहरूमध्ये १० जनाको काठमाडौंस्थित ह्याम्स अस्पताल, तीनजना काभ्रेको धुलिखेल र बाँकी घाइतेको सिन्धु सदावहार अस्पतालमा खाडिचौरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.