|

सिन्धुपाल्चोक : दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ।

दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका ९ की  ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका ४ प्रीतिका  २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी ६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक ५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँको सनाखत भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका ४ की  ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका ७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका ५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक ८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ।

बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। घटनामा १६ जना घाइते भएका छन्।  

सुनकोशी गाउँपालिका ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करिब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो। भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.