भोलि सभामुखलाई बुझाइँदै

|

बुटवल : प्रदेश-५ को नाम र स्थायी राजधानी प्रदेशसभालाई सिफारिस गर्न बनेको विषेश समितिले प्रतिवेदन तयार पारेको छ।

विस ०७५ साउनमा तीन महिनाको समयावधीभित्र नामकरण र राजधानीको विषयमा सिफारिस प्रतिवेदन बनाउन गठन भएको विषेश समितिले तीन पटकको म्याद गुज्रिनै लाग्दा प्रतिवेदन तयार पारेको हो। 

समितिका संयोजक दीपेन्द्रकुमार पुनमगरले आइतबार बसेको समितिको बैठकलले प्रतिवेदनलाई अन्तिम रूप दिएको र सोमबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइने बताए। ‘आज बसेको समितिको बैठकले भोलि सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ’ उनले भने।

यद्यपि नाम र राजधानीबारे भने उनी खुल्न चाहेनन्। ‘सभामुखले प्रदेशसभामा छलफलका लागि प्रस्तुत नगर्दासम्म हामीले केही बोल्न मिल्दैन’ उनले भने।

दोस्रो पटक म्याद गुज्रेपछि तेस्रोपटक थप भएको ६ महिनाको अन्तिम दिन सोमबार (मंसिर ३०) प्रतिवेदन प्रदेश सभामुखलाई बुझाउन लागेको हो।

प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव र विज्ञहरू सम्मिलित उपसमितिले दिएको प्रतिवेदनका आधारमा प्रतिवेदन तयार पारिएको विषेश समितिका संयोजक पुनले जनाए। 

भारतको चण्डिगढ सहरको अध्ययनपश्चात फर्केलगत्तै आइतबार बसेको समितिको बैठकले प्रदेशको नामकरण र राजधानीको विषयमा प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।

विस २०७५ साउनमा प्रदेश ५ को नामकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित) को नियम १५२ मा व्यवस्था भएअनुसार बनेको विषेश समितिमा १५ सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.