दुर्घटना न्यूनीकरणका लागि ५ सदस्यीय समिति गठन

|

हेटौंडा : ३ नम्बर यो महिनामा मात्रै ५६ जनाको मृत्यु भएको थियो। प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक, धादिङ, मकवानपुरमा बढी सवारी दुर्घटनामा भएको छ।  

समिति गठन

प्रदेश ३ सरकारले पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना प्रति चासो समेत देखाएको छ। प्रदेश सरकारले  सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति गठन गरेको छ। 

भौतिक पुर्वाधार मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेब भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयका प्रतिनिधि रहने गरि समिति निर्माण गरिएको हो। समितिलाई सात दिन लागू गर्न सक्ने प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन समेत दिएका छन्। 

अधिकतम प्रयास गर्न निर्देशन

निरन्तर सवारी दुर्घटना हुँदै गएको भन्दै  सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिएका छन्।सोमबार सरोकारवाला, सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्दै उनले निर्देशन दिएका हुन्। छलफलका क्रममा सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा जोड दिए।

छ्लफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाको कारण खोजेर अगाडि बढ्नु पर्ने बताए। कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला सवारी साधन दुर्घटनामा धेरै कारक तत्व हुने भएको यसलाई सुधार गर्दै अगाडि बढ्ने बताए। यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नगरमा पार्किङ व्यवस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी शेरबहादुर बस्नेत, प्रदेश ३ ट्राफिक प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, यातायात पूर्वाधार कार्यालयका शाखा प्रमुख ध्रुव फुँयाललगायत सहभागी भएका थिए। 

दुर्घटना तथा सवारी दुर्घटनामा तीन पाङ्ग्रे सवारी तथा  पार्किङ व्यवस्थापन, पुराना सवारी साधन व्यवस्थापन, रुट परमिटलगायत अन्य विषयमा छलफल भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.