|

काठमाडौं : सन्‍राइज बैंकका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा सात प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको बैंकले सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले युरोप भ्रमणमा जाँदा थप १० केजीसम्म सामान लान पाउने छन्। छुटका लागि ग्राहकले टर्किस एयरलाइन्सको काठमाडौंस्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचयस्वरूप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ।

बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.