|

काठमाडौं :  कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जावलाखेलमा शोरुम सञ्चालनमा ल्याएको छ । थ्रीएस (सेल्स,सर्भिस, स्पेयर पार्ट ) सहितको शोरुमको शुक्रबार उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए। 

 शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी पाउनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ। करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्रबिधिक तथा कर्मचारी रहने बताइएको छ। 

नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्रि सुरु गरेको किया जावलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए। सेल्टोसको मूल्य नेपालम बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिइएको छ ।

किया जावलाखेलले सुरुवाती बुकिङमा एक लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा सुरु गरेको थियो । किया जावलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्रि सुरु  गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.