|

दैलेख : दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपरहणमुक्त भएका छन्।

शनिबार राति १२ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा नेत्रविक्रम चन्द 'विप्लव' समूहबाट अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका-१ छात्ती भन्ने स्थानबाट सकुसल उद्धार गरिएको कालिकोटको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडान्द्र चौलागाईंले बताए।

उनलाई गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको अवस्थामा कालिकोट सशत्र प्रहरी र जनपद प्रहरीले १९ घण्टापछि अध्यक्षको सकुशल उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। अहिले गाउँपालिका अध्यक्ष प्रहरीको सुरक्षामा रहेका छन्।

अपरहणमा परेकी भनिएकी गाउँपालिका अध्यक्षकी श्रीमती इला मल्ल (शाही) दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने भर्ता लेकबाट शनिबार बिहान नौ बजेतिर सकुशल फेला परेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.