|

मनाङ : चिसो बढेसँगै मनाङका स्थानीय जिल्ला बाहिर जाने गरेका छन्। जिल्ला पूरै सुनसनन हुँदै गर्दा प्रहरी प्रशासन र कर्मचारीले जिल्ला कुरेर बस्न बाध्या भएका छन्।

देशैभरी चिसो बढेरहेको छ। मनाङको तापक्रम भने माइनस १० पुगेको छ। चिसोका कारण मनाङबासी जिल्ला बाहिर जाने क्रम जारी नै छ। पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका मानिस घरभित्र नै बस्न बाध्य भएका छन्।

जिल्ला प्रहरी कार्यालय, चामे मनाङका अनुसार बिहीबार बिहानको तापक्रम माइनस १० पुगेको छ। प्रहरी निरीक्षक श्रवण कुमार विकका अनुसार बेलुकी र राति माइनस १६ देखि २० डिग्रीसम्म पुग्छ। खोला जमेको छ, खानेपानीको मुहान जमेर धारोमा पानी आएको छैन, मानिसहरू घरभित्र बस्न बाध्य भएका छन्। 

माथिल्लो भेगमा रहेका मानिसहरू जिल्ला बाहिर झरिसकेका छन्। थोराङला बेसक्यामदेखि मथिल्लो मनाङ सुनसान जस्तै भएको छ।  पर्यटकहरू आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटल कुर्ने मानिस राखेर जिल्ला बाहिर पुगिसकेका छन्।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हाल जिल्ला नै सुनसान जस्तो भएको छ। तल्लो भेगमा समेत अधिकांक मानिस जिल्ला छोडी  सकेका छन् भने कर्मचारी, प्रहरी प्रशासन र घर कुरुवाबाहेक अरू नभएको उनको भनाइ छ।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.