धनगढी : जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको चोरी सिकार गर्ने सातजनालाई हतियारसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनीचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेका छन्।
उनीहरूबाट चार थान भरुवा बन्दुक बरामद भएको छ। पक्राउ परेकाहरूबाट पाँच थान वन्यजन्तुको छालासमेत प्रहरीले बरामद गरेको छ। उनीहरूबाट थारको छाला, रतुवाको र घोरलको छालासमेत प्रहरीले बरामद गरेको हो।
'मुलुकी अपराध संहिता ऐन २०७४' को दफा १३२ बमोजिम 'हातहतियार खरखजनासम्बन्धी कसुर'मा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।