स्थानीयको जग्गा दानबाट निर्मित नगरपालिकाको भवन प्रयोगविहीन

|

सल्यान : जिल्लाको बागचौर नगरपालिकाको नवनिर्मित भवन प्रयोगविहीन भएको छ। प्रयोगमा नआउँदै भवन भासिएपछि करोडौँको लगानीमा निर्मित प्रयोगविहीन भएको हो।  

भवन निर्माण गर्दा प्राविधिकको कमजोरी र ठेकेदारको लापरबाहीका कारण भवन भासिएपछि नयाँ भवनमा सर्न नसकेको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए।

आफू निर्वाचित हुनुभन्दा पहिले डिपिआर भइसकेको हुनले प्राविधिक र ठेकेदारको कमजोरीका कारण भवन भासिएको उनको भनाइ छ। चार करोड ७५ लाखमा निमार्ण भएको भवन अहिले प्रयोगविहीन बनेको छ।

गएको असारसम्म कार्यालय सार्ने योजना बनाएपछि निर्माणधीन भवनमा पानीको मुहान जागेर  नगरपालिकाभित्र कोठामा समेत पानी जान सक्ने सम्भावना र जसिन भासिएपछि भाडाकै भवनमा बस्न बाध्य भएको बुढाथोकीको भनाइ छ। तीन तलाको डिपिआर भएको भवनको एक तला नै भासिएको उनको भनाइ छ।

उनले भने ‘डिपिआर गर्दा भूगोल, माटो परीक्षण  कसरी गरियो, यसको विस्तृत छानबिन भइरहेको छ। नापजाँच गर्दा भएको कमजोरीलाई अख्तियारले पनि खोज अनुसन्धान गर्नुपर्छ र लापरवाही गर्नेमाथि कारवाही गरिनु पर्छ। ’

खोज अनुसन्धानको लागि मौखिक उजुरी दिइसकेको लिखित उजुरी दिने तयारी भइरहेको उनले बताए। भवन निर्माण गरेको आधा भुक्तानीसमेत रोकिदिएको नगरप्रमुख बुढाथोकीको भनाइ छ।

नगरपालिकाको भवनमा कार्यालय प्रयोगविहीन हुँदा जग्गादान गरेका स्थानीय रुष्ट बनेका छन्। भवन निर्माणको करिब पाँच रोपनीभन्दा बढी जग्गा दान गरेका स्थानीयले नवनिर्मित भवनमा सर्नुपर्ने बताएका छन्। 

भासिएको भवनको विस्तृत अध्ययन गरी नगरपालिकाको कार्यालय सार्नुपर्ने स्थानीय जग्गादाता ज्ञानेश्वर केसीले बताए। सरोकावाला जनप्रतिनिधिले समेत भवन भासिनुको कारण छानबिन गरेरे नगरपालिकाको कार्यालय सारिनु पर्ने उनको भनाइ छ।

भवन बन्नु तर नगरले वास्ता र छानबिन नगर्नु गलत कार्य भएकाले जनताले निःशुल्क प्रदान गरेको जग्गा र जनताको करबाटै आएको पैसालाई सदुपयोग गरिनु पर्ने जग्गादाता रेशम भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.