|

संखुवासभा : पछिल्लो समय पहाडी जिल्लाका स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्ने क्रम बढेको छ। अज्ञात समूहले संखुवासभा, भोजपुर, खोटाङलगायत प्रदेश १ का विभिन्न स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्न क्रम रोकिएको छैन। 

प्रहरीले बिष्फोट र आगजनीका घटनामा संम्लग्न दोषीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन। अज्ञात समूहले संखुवासभाका दुई स्थानीय तहमा आगजनी र तोडफोड गरेका भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन।

अज्ञात समूहले गत मंसिर १८ गते  पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको तोडफोड गरेका थिए। त्यस्तै मंसिर २५ मादी नगरपालिका ५ को वडा भवनमा आगजनी हुँदा वडा कार्यालयका सम्पूर्ण कागजपत्र, फर्निचरलगायतका सामग्री धस्त भयो। यही समूहले सोही दिन सडक निर्माणमा रहेको स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएर पूर्ण रुपमा क्षति पुर्‍याएका थिए। गत वर्ष भोटखोला गाउँपालिका कार्यालयमा समेत आगजनी भएको थियो।

घटना बाट २ करोड भन्दा बढीको क्षति भएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। घटना लगत्तै ५० जना जनपथ प्रहरी र १५ जना सशस्त्र प्रहरी खटिएका थिए। तर प्रहरीले आगजनीका घटनामा सम्लग्न दोषीलाई पक्राउ गर्न सकेन। तोडफोड र आगजनीका घटनामा संम्लग्नको गहिरो अनुसन्धान भइ रहेको संखुवासभा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

घटनामा प्रतिबन्धित नेत्रबिप्लव चन्दका कार्यकर्ता भएको आशंका गरिएको छ।

भोजपुर र खोटाङमा समेत आगजनी 

गतमंसिर २४ गते भोजपुरको  रामप्रसादराई गाउँपालिकाको २ नम्बर वडा र  पौवादुङ्मा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय आगजनी भयो। त्यस्तै मंसिर २२ मा खोटाङको रावाबेँसी गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको बा २ झ ३५२४ नम्बरको गाडीमा आगजनी भयो। तर यी सबै घटनामा अज्ञात समूहको नाममा घटे। तर, प्रहरीले अनुसन्धान थालेपनि घटना घटाउने समूहलाई पक्राउ गर्न सकेको छैन।

घटना प्रतिबन्धित नेत्रबिप्लव चन्दका कार्यकर्ताले चन्दा संकलनलाई दवाब दिने उद्देश्यले गरेको हुन सक्ने भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले बताए। उनले भने नेत्रबिप्लव चन्दका कार्यकर्ताले पार्टी गत भन्दा पनि व्यक्तिगत हिसावले गरेको हुन सक्ने बताए। घटनाको अनुसन्धान भइरहेका कारण चाँडै दोषी फेला पर्न बताए।

आगजनीका घटनाबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको स्थानीय तहले अनुमान गरेका छन्। घटना घटेको स्थान भौगोलिक हिसाबले सदरमुकामभन्दा निक्कै टाढा भएकाले समयमै प्रहरी पुग्न सक्ने अवस्था छैन। जसका कारण अनुसन्धान समेत फितलो हुने गरेको जनप्रतिनिधिको भनाइ छ।

अन्योलताका कारण घटनाबाट जनता त्रसित हुन थालेको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बताए। घटना बिप्लव वा अन्य समूहले फाइदा उठाएको हो भन्ने जानकारी नभएको उनले बताए।

घटना घटेकास्थलमा थप सुरक्षा थपेर बेलैमा पुर्‍याएर जनतालाई सुरक्षाको अनुभूति दिलाउनु पर्ने बताए। विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन। न त घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो।

धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न नसक्नुले घटना झनै रहस्यमय बन्दै गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.