|

काठमाडौँः परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यहि संसदको अधिवेशनबाट पास हुने बनाएका छन्। सोमबार काठमाडौंमा पत्रकार गर्दै मन्त्री ज्ञवालीले नेकपाभित्र विवादमा रहेको एमसिसी संसदबाट पास हुने बताएका हुन्। 

एमसिसी इन्डो प्यासफिक रणनीतिकै अंश भएका कारणले नेपालले यो परियोजना लिन नहुनै भन्दै नेकपाका नेताहरुको असन्तु‍ष्टि जनारहेको छन्। तर, एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएकाले संसद अधिवेशबाट पारित हुने प्रष्ट्याए।

एमसिसीकै कारणले सत्तारूढ नेकपाभित्र समेत विवादले चर्को विवाद भइरहेको छ। एमसिसीकै कारणले नेकपाका नेताहरूसमेत दुई धारमा विभाजित भएका छन्। पार्टीभित्र नेताहरूको चर्को आलोचनाको बीचमा पनि संसद् अधिवेशनले यो परियोजना पास हुने उल्लेख गरे। 

एमसिसीको सहायता लिनको लागि नेपाले विभिन्न शर्तहरुको पालन गर्नुपर्ने उल्लेख छ। सोहीअनुरूप नेपालले संसदबाट एमसिसीलाई पास गराउँनुपर्ने हुन्छ। 

यद्यपि, परराष्ट्र मन्त्रीले एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश नभएको बताए पनि अमेरिकी राजदूतावाले इन्डो प्यासिफिक रणनीतिको अंश भएको प्रष्ट्याइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.