|

भारतमा लोकसभाको चुनाव सकिएपछि पनि राज्यको राज्यको चुनाव भइरहन्छ। त्यहाँको  राज्यहरूको चुनाव पनि नेपालको राष्ट्रिय चुनाव जस्तै महत्वपूर्ण हुन्छ किनभने ती राज्यको क्षेत्रफल र जनसंख्या नेपालभन्दा ठूलो हुन्छ।

अहिले पछिल्लोपटक झारखण्डमा भएको विधानसभा चुनावमा नरेन्द्र मोदीको दल बिजेपीले आफ्नो सत्ता गुमाएको छ र सिंगल लार्जेष्ट पार्टी बनेकोमा गर्व गर्ने अवस्थासमेत  गुमाएको छ, यसअघिको चुनावमा ३७ सिट जितेको पार्टी अहिले मात्र २५ सिटमा समेटिएको छ। मुख्यमन्त्रीले पनि आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन्। यसैगरी, यसअघि उनको दलले भारतको आर्थिक राजधानी महाराष्ट्रमा पूरै सत्ता गुमायो साथै देशको कृषिको राजधानी हरियाणामा पनि सिट संख्या घटाएको थियो। 

त्यतिबेला महाकालीको मुख्य उद्गमस्थल कहाँ नेर पर्छ भनी कसैले परीक्षण गरेन तर जब भारतले २ मुहानमध्ये आफ्नो तिरको वास्तविक लिम्पियाधुराको मुहानलाई छोडेर नेपालतिरको सानो खोल्सीलाई कालीको मुहान हो भन्ने पारेर आफ्नो सेना कालापानीमा ल्याएर तैनाथ गर्‍यो। कालीको वास्तविक मुहान लिम्‍पियाधुरा भएकोले कालापानी लगायतको भूमि भारतको नभएर नेपालको हो भनी नेपालले आफूले दाबी गर्दै आएको छ।

मोदीको वीजयरथ यसरी एकाएक त्यतिबेलाबाट रोकिएको छ जतिबेला उनले नेपालको भूमि कालापानी भारत भएको दाबी गरेका छन्। वास्तवमा अहिलेसम्म प्राप्त तथ्यले के देखाउँछ भने कालापानी नेपाली भूमि  हो। मोदीको पछिल्लो हार यही झुठबाट शुरु भएको अशुभ संकेत त होइन?

हुनतः विज्ञानले कुनै शुभ/अशुभ संकेतलाई कारण र असरसँग सिधा जोड्न नसकेसम्म त्यसको अस्तित्व स्वीकार्न सक्दैन। सुपर विज्ञानले के भन्छ भने जे हिजो थिएन आज छ। त्यसैले जे आज छैन त्यो भोली पक्कै हुँदैन भन्ने आधार कसैसँग छैन।

किनभने प्रकृतिबाहेक संसारमा केही पनि अपरिवर्तनशील छैन। शुभ-अशुभ, लच्छिन–अलच्छिन आदिको आज वैज्ञानिक प्रमाण पटक्कै छैन तर कतै न कतै छ कि भन्ने शंका हामी वरिपरि घटेका घटनाहरूले देखाइ रहेका हुन्छन्।

यसको पछिल्लो उदाहरणको रूपमा कालापानी विवाद निस्केपछि भारतमा मोदी सरकारले लगालग ३ राज्यमा बेहोर्नु परेको हारलाई जोड्न खोजिएको हो। कालापानी यसरी त ज्यादै पुरानो विवादको विषय हो। यो विवाद मख्य गरी महाकाली नदीको मुहान कुन हो भन्ने कुराले निकालेको भ्रमबाट उपार्जित भएको हो। सुगौली सन्धिमा सुगौली सन्धिमा कालीपूर्वको भाग नेपाल भनियो।

त्यतिबेला महाकालीको मुख्य उद्गमस्थल कहाँ नेर पर्छ भनी कसैले परीक्षण गरेन तर  जब भारतले २ मुहानमध्ये आफ्नो तिरको वास्तविक लिम्पियाधुराको मुहानलाई छोडेर नेपालतिरको सानो खोल्सीलाई कालीको मुहान हो भन्ने पारेर आफ्नो सेना कालापानीमा ल्याएर तैनाथ गर्‍यो। त्यसपछि मात्र  कालापानी भन्ने नेपालको भूमि हो किनभने कालीको वास्तविक मुहान लिम्‍पियाधुरा भएकोले कालापानी लगायतको भूमि भारतको नभएर नेपालको हो भनी नेपालले आफूले दाबी गर्दै आएको छ।

सीमा नाप्न जानेका अनुसार एकपटक भारत नेपाल सिमानाले लिम्पियाधुरालाई नै छोएको थियो पछि भारतको दबाब यो सिमाना लिपुलेकमा आएर समेटियो।  त्यसपछि पनि भारतले लिपुलेकपछिको कालापानीमा ल्याएर एउटा सानो खोल्सोलाई कालीको सिमाना बताएर आफ्नो सेना राखेको छ। भोलि भारत टिंकरसम्म नै नआउला भन्न सकिँदैन। तर, कालापानी नेपाल कै भूमि हो भन्ने यथेष्ट प्रमाण नेपालसँग छ।

नेपालको यो दाबी किन बढी आधिकारिक देखिन्छ भने ब्रिर्टिस सर्भेयर अफ इण्डियाले सन् १८२७ मा बनाएको नक्सा पनि लिम्पियाधुराबाट निस्केको नदीलाई नै काली अर्थात् महाकाली भनेर उल्लेख गरिएको छ।

यो कुरालाई १८५६ मा प्रकाशित अर्को नक्साले पनि प्रमाणित गर्दछ। त्योभन्दा पनि २०१८ सालमा नेपालका वरिष्ठ पत्रकार भैरव रिसाल कालापानीको वरिपरि पर्ने गुञ्जी, नाभी, कुतीमा जनगणना गर्न गएको भनी विभिन्न पत्रपत्रिकामा भनिरहेका छन्। २०३२ सालमा पुण्यप्रसाद ओली नापी विभागको डाइरेक्टर हुँदा नेपालले लिम्पियाधुराको चोसो सहितको नक्सा निकालेकै हो भन्ने उनको दाबी छ।

पछि नेपाल र भारत सरकारले सल्लाह गरेर लिपुलेक त नेपालकै हो भनिएको तर पछि कालापानीमा आएर भारतीय सेना बसेपछि। नेपाल अक्कबक्क छ।  कमसेकम मोदीले लिम्पियाधुरासम्मको भूमिलाई विवादितमै राखेर लिपुलेक नेपालको भनेको भए कालापानी नेपालमा पर्ने थियो समस्या केही हदसम्म विनविन पोलिसीमा पुग्ने थियो।

यसको अर्थ कालीको मुहान लिम्पियाधुरा भए पनि लिपुलेक भए पनि कालापानी नेपालकै हिस्सा रहन्छ। त्यस्तो ऐनाझैँ छर्लंग विषयलाई पनि भारतले आफ्नो बलमिच्याइँबाट कालापानीलाई आफ्नो सीमाभित्रको सम्पत्ति भनिरहेको छ। अर्थात् परम्परागत भाषामा भन्ने हो भने  भारतले नेपालमाथि सानो देखेर हेपाहा प्रवृत्ति देखाएको छ। जुन सरल भाषामा पाप हो।

कतै यही पापको परिणाम त होइन त्यो दिनदेखि मोदी आन्तरिक रूपमा हरेक मोर्चामा असफल भइ रहेका छन्। हुनतः नितान्त संयोग मात्र हो नेपालमा सिमाना विवाद सुरु भएपछि आजसम्म ४५ दिनको अन्तरालमा भारतमा ३ राज्यमा चुनाव भयो। यी ३ वटै राज्य जहाँ बिजेपीकै सरकार थियो त्यसमध्ये २ राज्यमा सरकार नै गुमिसक्यो भने हरियाणामा गठबन्धनको सरकार बनेको छ। त्यो हार पर्यावाची नै हो

यसैगरी, भारतको अर्थतन्त्र अति नै कमजोर अवस्थामा  छ उसले भन्न लाज माने पनि भारतीय अर्थतन्त्रमा अहिले मन्दी छाएको छ। रोजगारी सृजना हुन नसकेर सबै  बेरोजगार बनेका छन् र पछिल्लोपटक मोदी सरकारले ल्याएको नागरिकता विधेयक ऐन बनेपछि देशभरमा हिंसात्मक दंगा भइ रहेका छन्। यी सबै घटना हेर्दा कतै मोदीलाई कालापानी अफाप भएको त होइन? भन्ने अनुमान गर्न सकिन्छ।

यो केवल अनुमान हो। तर, अनुमान पनि सत्यको नजिक देखिन्छ किनकि जब कश्‍मीरलाई भारतको हिस्सा बनाएपछि, नागरिकता विधियेक बनाएपछि आफू अपराजित होइन्छ भन्ने ठानेको बिजेपी एकपछि अर्को ओराली लागेको हरिणझैँ भएको छ। 

मोदी र माओत्सेतुङ राज्यगत हैसियत समान हो होइन थाहा भएन। तर, २०१६ मा  विश्वेश्वरप्रसाद कोइरालाले माओसेतुङलाई यो नक्साको आधारमा  सगरमाथा हाम्रो हो  भन्दा उनले एकै पटकमा स्वीकार गरेर सगरमाथा टाकुरो र चीनतिर पानी बग्ने भाग नेपालको हो भने। 

 २०१४ मा जब नरेन्द्र दामोदर दास मोदी भारतका प्रधानमन्त्री बने। उनी बनेको १५ दिनमा र डेढ महिनामा २ पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा  तेलको भाउ घट्यो। जसले गर्दा महँगीमा कमी आयो, त्यसअघि मनमोहन सिंह प्रधानमन्त्री भएको बेलामा कच्चा तेलकै कारण महँगी बढेको बेलामा मोदी आएपछि महँगी घट्यो भनेर सबै खुसी भए।

तर, जने बुझेका अर्थविश्लेषकहरूले मोदीलाई जस पाउन लेखेको रहेछ, भाग्यले गर्दा तेलको भाउ पनि घट्यो भन्ने विश्लेषण सबैले गरे। पत्रकारले मोदीलाई भने महँगी तपाईंले होइन भाग्यवश तेलको मूल्यले गर्दा यहाँको इज्जत रहेको साँचो हो? भनी प्रश्न सोधे।

मोदीले भने भाग्यले महँगी घटेको हो भने भाग्य भएकालाई नै सधैँ सम्‍झनुहोस् भोट हाल्नुहोस्। भाग्य  नभएकालाई भोट किन? भनी प्रतिप्रश्न गरेका थिए। तर, यसपटक उनलाई भाग्यले साथ दिन छोडेको जस्तो छ। हरेक मुद्‍दामा विपक्षले कडा टक्कर दिइरहेको छ।  डेढ महिना अगाडिसम्म मोदीको विरोधमा एक शब्द पनि खर्च गर्न नचाहने मिडियाहरूले मोदी विरोधीका आवाजलाई पनि मुखरित   गर्न थालेका छन्।

हुनतः मोदी र माओत्सेतुङ राज्यगत हैसियत समान हो होइन थाहा भएन, विसं २०१६ मा  विश्वेश्वरप्रसाद कोइरालाले माओसेतुङलाई यो नक्साको आधारमा  सगरमाथा हाम्रो हो  भन्दा उनले एकै पटकमा स्वीकार गरेर सगरमाथा टाकुरो र चीनतिर पानी बग्ने भाग नेपालको हो भने।  त्यसैले उत्तरतिरबाट सगमाथा चढ्नेले चीनको स्वीकृति लिने बाँकी, नेपालको भनेका हुन्। तर, मोदीलाई नेपालले पटकपटक कालापानी हाम्रोभन्दा पनि उनले आफ्नो महानता देखाउन सकेका छैनन्।

यद्यपि, झारखण्डमा हार भएकै दिन भारतले सीमाको विषयमा छलफल गर्न एउटा पत्र पठाएको छ। जुन पत्रको व्यहोरा नेपालको परराष्ट्र मन्त्रालयले गोप्य राखेको छ। जे होस् नेपालले आफ्नो भूमि फिर्ता लिने प्रयासलाई जारी राखोस् भन्ने आम धारणा आज पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.