|

काठमाडौं : नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहक लागि २० एमबिपिएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ। यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

भायानेटका अनुसार यो अफरमा २५० च्यानल भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिन्छ। यो अफर १४ जनवरी २०२० सम्म लागू हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.