|

काठमाडौं : सन्‍राइज बैंकले आफ्ना ग्राहकलाई विभिन्न छुट दिने उद्देश्यले होटल संग्रिलासँग सम्झौता गरेको छ।

सन्‍राइज बैंक लिमिटेड तथा होटल संग्रिलाबीच बैंकका ग्राहकलाई होटल संग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने   सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले फुड बेभ्रेज, बेकरी साउन र स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सन्‍राइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन्। यो सुविधा यस बैंकका ग्राहकले पुस १५ सम्म उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.