|

काठमाडौं : सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख रुपैयाँ जितेका छन्।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए। बुधबार हाँस्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

आफ्नो 'कष्टमर लोयल्टी' कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ देखि संचालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन्।

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रूपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए। 'छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौँ,' जितेन्द्रका बुबाले भने 'यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौँ।'

यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन्। ती ३० जनामध्ये ९ जना ग्राहकले आ-आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेको एनसेलले जनाएको छ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा एनसेलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.