|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा भएका घाइतेले उपचार खर्चको माग गर्दै बिहीबारदेखि धर्नामा बसेका छन्। 

घाइतेहरूले जिल्ला प्रशासन कार्यालय अगाडिको मूल गेटमा धर्नामा बसेका हुन्। दैनिक दुई घण्टा धर्नामा बस्ने घाइतेहरूले बताएका छन्।

घाइतेहरूको यथासिघ्र उपचारको व्यवस्था गरिनु पर्ने र घाइतेहरूको पूर्ण उपचार र अंगभंग भएकाको जीविकोपार्जनको निर्णय तुरुन्त लागू गर्न माग गर्दै धर्नामा बसेको घाइतेमध्येका सुरेन्द्र देउवाले बताए। आर्थिक अभावले घाइतेहरू पीडित भएर बस्नु परेको उनले बताए।

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर खुट्टा गुमाएका अर्जुन भण्डाराकी आमासमेत धर्नामा बसेकी छन्। उनले उपचार खर्चको व्यवस्था नहुँदा बाध्य भएर धर्नामा बस्नु परेको बताइन्।

निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थमा शव उखुबारीमा फेला परेको थियो। हत्यारा पत्ता लगाउन विभिन्न टोलीहरू बने पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.