|

हेटौँडा : नेकपा प्रदेश-३ को संसदीय दलले प्रदेश-३ को राजधानी र नामकरणको विषयमा सर्वसम्मत ढंगले अगाडि बढाउने तयारी गरेको छ।

दलका मुख्य सचेतक तथा नेकपाका केन्द्रीय सदस्य रामेश्वर फुँयालले नाम र राजधानीको विषयमा सबैको मत एक हुने गरि संसदीय दलले निर्णय गर्ने तयारी गरेको बताए।

मुख्यमन्त्रीद्वारा एकजुट हुन आग्रह

बैठकको सुरुवातमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराएका थिए। बैठकमा ऐजेण्डाका बारेमा जानकारी दिँदै मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए।

उनले दुई वर्षदेखि चर्चामै सीमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसहमत रूपमा पारित गर्नुपर्ने उल्लेख गरे। नेकपाका सबै सांसदलाई उनले सचिवालयको निर्णयलाई एकमतले पारित गरेर राजधानी र नामको टुंगो लगाउँदै स्थायी मानसिकताबाट कामको सुरु गर्नुपर्ने बताए।

बैठक भोलिसम्मलाई स्थगित

बैठक शनिबारसम्मलाई स्थगित भएको छ। नेकपा सचिवालयले राजधानी र नामको विषयमा गरेको निर्णय र निर्देशन कार्यान्वयनका लागि बसेको बैठक शनिबार बिहान ११ बजेबाट फेरि सुरु हुने गरी स्थगन भएको हो।

शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्री डोरमणि पौडेल निवासमा संसदीय दलको बैठक सुरु भएको बैठक अबेर साँझ सकिएको थियो। शुक्रबारको बैठकमा १७ जना प्रदेशसभा सदस्यले राजधानी र नामका विषयमा आफ्नो मत राखेका थिए। शनिबार पनि प्रदेशसभा सदस्यको मत सुन्ने कार्यक्रम रहेको जनाइएको छ।

बैठकमा नेकपा प्रदेश कमिटीका पदाधिकारीको पनि सहभागिता रहेको छ। प्रदेशसभा सदस्यसमेत रहकी प्रदेश-३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ र हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाललगायतकाको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.