|

मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिका १४ बामा चंखेली हिमालको फेदमा स्व. राजा विरेन्द्रको शिकार गर्ने र पूजा गर्ने मन्दिर छ। तर शिकार खेल्ने स्थान र पूजा गर्ने मन्दिर गुमनाम जस्तै छ।

शिकार खेल्ने स्थान र पुर्जा गर्ने मन्दिरका बारेमा न त कसैलाई थाहा छ। नत स्थानीयले चासो दिइएका छन्। नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमालको फेदमुनि २०४० सालमा तत्कालीन स्व राजा वीरेन्द्रले दुई दिनसम्म शिकार गरेर रमाएका थिए। 

राजाले चंखेली हिमालको फोटो खिची एक रुपैयाँको नोटमा समेत छापेका हुन्। राजाले पर्यटकीय रूपमा सुन्दर देखिने चंखेली हिमालको फेदमा दुई दिन बिताई शिकार खेली रमाएका र पूजा गर्ने मन्दिर बनाउने हुकुम दिई स्थानीयले मन्दिर बनाएका राजा विरेन्द्रले राखेका पुजारी मागे बढुवालले बताए। उनले भने, ' ४० सालतिर राज परिवार बाममा आएका र दुई दिनसम्म शिकार खेली स्थानीयसँग देउडा खेल खेली रमाएका थिए।' 

त्यसयता राजको हुकुमबाट मन्दिर निर्माण भएको र आफूलाई राजाले पुजारी पनि राखेका बुढुवालको भनाई छ। मन्दिरमा शिव पार्वतीको फोटो छ। हप्ताको एक दिन मन्दिरमा गहेर राजको हुकुम अनुसार पुर्जा गर्ने गरेको बढुवालले बताए। 

पुजारीको काम गरे अनुसार २०६० सालसम्म आफूले महिनाको ५० रुपैयाँ र ५ केजी चामल पाउदै आएको भएपनि लोकतन्त्र गणतन्त्र स्थापानासँगै सेवा सुविधा कटौती भएको बढुवालले जानकारी दिए। 

माथि चंखेली हिमाल, तल पाटन आसपासमा बाम गाउँ, फाइपाटालगायतका गाउँ र चिर कालिज, कस्तुरी मृग, गुराँस, भोजपत्रका रूखलगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकस्थल रहेको स्थानीयको भनाई छ। यस्ता धेरै पर्यटकीयस्थल छन्।

सदरमुकाम गमगढीबाट ३ घण्टाको पैदल दूरीमा रहेको उक्त चंखेली क्षेत्र सडक, सुविधा सम्पन्न होटेल र सुरक्षाको उचित बन्दोबस्त गरे आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा घुइँचो लागि जिल्लाको कायापलट हुने सुनिश्चितता रहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.