|

‍दैलेख : दैलेखमा कात्तिकदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको साईस्मिक सर्भेमा पर्ने १० वटा लाइनमध्ये तीनवटा लाइनको काम सम्पन्न भएको छ। खानी तथा भूर्गभ विभावका भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले साइस्मिक सर्भेअन्तर्गतका १० वटा लाइनमध्ये तीनवटा लाइनको काम सम्पन्न भएको बताए।

अन्वेषणका लागि तीनवटा पूर्व-पश्चिम र सातवटा उत्तर-दक्षिण दिशामा खनिएका १० वटा साइस्मिक सर्भे लाइनमध्ये उत्तर दक्षिण दिशामा खनिएका तीनवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भे सम्पन्न गरेको हो।

बाँकी सातवटा लाइनको काम लगातार भइरहेकाले बाँकी काम पनि फागुनको पहिलो हप्तासम्म सक्ने तयारीका साथ चिनियाँ टोलीले काम गरी रहेको भुर्गभविद् डा.  त्रिपाठीले बताए।

मुख्य गरी दैलेखको शिरिईस्थान पादुका नाबिस्थानलगायतका क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषण गरिँदै छ। अन्वेषण २ सय किलोमिटर लाइन सर्भेका लागि ४ सय वर्गकिलो मिटर भूभाग समेटेर सर्भे गरिरहेको डा. त्रिपाठिले बताए। अहिले चिनियाँ प्रविधिक टोलीले जिल्लाका चारवटा स्थानीय तहका भूभागलाई समेटेर काम गदै आएका छन्।

अन्वेषणअन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे टेल्युरिक सर्भे, जिओ केमिकल सर्भे, स्याम्पलिङ सर्भे र यीमध्ये साइस्मिक सर्भे महत्त्वपूर्ण मानिएको छ। अहिलेसम्म दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत भौगर्भिक संरचना पहिचान गर्ने कार्यको ४० प्रतिशत काम सकिएको भूर्गभविद डा. त्रिपाठीले बताए।

उनले १० वटा साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्केर यहाँ संकलन गरिएका डाटाको अध्ययन गरी मुख्य डिलिङको काम सुरु गर्ने डा. त्रिपाठीले बताए।

नेपालको संविधान २०७२ जारी भएपछि मधेस वादी दलहरूको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीनमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो।

उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएअनुसार अहिले अन्वेषणको कामले तीव्रता पाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.