|

पर्सा : एनआइसी एशिया बैंकले विभिन्न नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पर्यटन वर्ष २०२० को अवसरमा एनआइसी एशिया बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको हो। उसले सार्वजनिक गरेको नयाँ योजनाको नाम भने उसले ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना' भनेको छ।

मुलुकभर ३१३ वटा शाखा, ४०८ एटिएम, १०३ एक्टेन्सन काउण्टर तथा ४५ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले विभिन्न ३० वटा फाइदा दिने योजना ल्याएको एनआइसी एशिया बैंकको प्रदेश-२ का उपप्रमुख मनु शर्माले बताए।

बैंकले ल्याएको ती योजनामा न्यू सुपर चमत्कारिक मुद्दती बचत खाता, न्यू सुपर स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, र न्यू सुपर चमत्कारिक बाबुनानी बचत खातालगायतका निक्षेप योजना रहेको उनको भनाइ छ।

त्यसैगरी, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता र न्यू चमत्कारिक तलब बचत खाता जस्ता सेवा पनि बैंकले बजारमा लिएर आएको एनआइसी एसिया बैंकको वीरगन्ज शाखाकी प्रबन्धक पूजा खेतानले बताए। निक्षेप योजनामा बीमासहितका योजना समेटिएको उनको भनाइ छ।

मुलुकभर २० लाख र प्रदेश-२ मा मात्र २ लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको बैंकको आगामी योजना स्तरीय सेवा प्रदान गर्नु रहेको वीरगन्ज स्थित पावर हाउस शाखाका प्रबन्धक नितेशराज सत्यालले बताए। बैंकले ल्याएका पछिल्ला न्यू सुपर चमत्कारिक योजना अन्य बैंकहरुको तुलनामा निकै स्तरीय रहेको उनको दावी छ। उनको दावीमा वीरगन्जमा नै रहेको अर्को लिंक रोड शाखाका प्रबन्धक हासिम अन्सारीले पनि मत मिलेको छ।

बैंकका पछिल्ला निक्षेप योजना र बीमाका आधारले ग्रामीण भेगका पनि सेवाग्राहीलाई समेट्न बल मिल्ने वीरगन्ज शाखाकी सम्बन्ध प्रबन्धक इन्द्रा अग्रवालले बताइन्। टिमवर्कमा गर्ने काममा ठोस नीतिगत आधार हुँदा अरू बैंकको तुलनामा अझ सेवाग्राहीसँग बसेर काम गर्न सहज भएको उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.