यस्तो छ लगानीकर्ताको अपेक्षा

|

काठमाडौं : पछिल्लो चार वर्षमा शेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो। उच्च बिन्दुमा पुग्दै गर्दा नियामक निकायले शेयर बजारप्रति देखाएको सकरात्मक चासोको रूपमा लिएको थियो।

धितोपत्र बोर्डका २०७२ असोजमा अर्थविद् डा. रेवतबहादुर कार्की नियुक्त भएका थिए। उनी अध्यक्ष हुँदा करिब ११ सयको विन्दुमा रहेको नेप्से परिसूचक एक वर्षको अवधिमा ७०० विन्दुले बढ्यो। त्यस क्रममा उनको पनि वाहावाही भएकै थियो। 

त्यसपछि भने निरन्तर ओरालो लागेको छ। पछिल्लो तीन वर्षमा शेयर बजार परिसूचक करिब ६०० अंकले ह्रास आएको छ। यसरी ह्रास आउनुमा पनि नियामक निकायकै कमजोरीका रूपमा विश्‍लेषण गरिएको छ।

२२ खर्ब रुपैयाँ बराबरको शेयर बजारको पुँजी देखिएकोमा अहिले १४ खर्ब बराबरमा पुगेको छ। 'पुँजी बजार विस्तारमा नियामक निकायको भूमिका महत्वपूर्ण हुन्छ, राम्रो भूमिका रहँदा बजारमा सकरात्मक प्रभाव पर्छ' शेयर विश्‍लेषक छोटेलाल रौनियार बताउँछन्। 

कार्की धितोपत्र बोर्डमा अध्यक्षको रूपमा जाने क्रममा रहेको नेप्से सूचक र चार वर्षको कार्यकाल पूरा गरेर बाहिरिने क्रममा ५० अंकको मात्रै सुधार देखियो। शेयर बजारमा लगानीकर्ताहरूले कार्कीको कार्यकालमा लगानीकर्ताको मर्मलाई मध्यनजर नगरेको आरोप लगाउने गरेका छन्। शेयर बजार सुधारको लागि धेरै काम गरेको कार्कीको दाबी रहेको छ।

अनलाइन पेमेन्ट, डिम्याट खाता,आस्वा तथा सी आस्वा प्रणाली लागू गरेर शेयर बजारमा सकरात्मक काम गरेको उनको दाबी छ। अनलाइन कारोबार सुरु गर्नको लागि लगानीकर्ताहरूले पनि लामो समयदेखि माग गर्दै आएका थिए। तथापि, पुँजी बजार क्षेत्रबाट कार्कीले प्रशंसाभन्दा बढी आलोचना खपेर बाहिरिएका छन्। 

शुक्रबार पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नियुक्त भीष्मराज ढुंगानाले पदभार गरेका छन्। उनले पदभार ग्रहण गर्दै गर्दा शेयरबजारमा सुधारसहित १२ सय १३ अंकमा पुगेको छ।

अध्यक्षको कुर्ची सम्हाल्दै अध्यक्ष ढुंगाना

नियमित कारोबारमा बजार उतारचढाव सामान्य मानिए पनि वार्षिक रूपमा भने वृद्धिदर कायम नहुँदा विश्‍वास घट्ने जानकार बताउँछन्। सुधारको संकेतमा देखिएको शेयर बजारमा ढुंगानाको भूमिकाले आगामी दिशा निर्देश गर्ने लगानीकर्ताले बताएका छन्। 

नवनियुक्त अध्यक्ष ढुंगानाको पुँजी बजारको विषयमा आफू नयाँ नभएको र नेप्से ३ वर्ष सञ्‍चालक भएर काम गरेको र बोर्डको विषयमा जानकार रहेको बताए। उनले अहिलेको अवस्थामा बजार विकास गर्न आवश्‍यक र लगानीकर्तालाई प्रतिफल वृद्धि गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्।

लगानीकर्ताले माग गरिरहेको गत वर्ष राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा बनाइएका वित्त बजार तथा पुँजी बजार सुधारको लागि बनाइएका ५८ बुँदे बुँदा कार्यन्वयन गर्नुपर्ने प्रतिक्रिया दिएा छन्। उनले आफूले विदेशी विनिमय विभागमा राष्ट्र बैंकमा लामो समय बिताएको भन्दै नियम र त्यसमा आफू विज्ञ रहेको बताए।

काम गरेर नदेखाएसम्म मूल्यांकन गर्न समस्या हुने बताउँछन् लगानीकताहरू। 'हाम्रो मूल्यांकन काममा केन्द्रित हुन्छ, पुँजी बजार सुधारको लागि नियामक निकायको भूमिका अत्यन्त महत्वपूर्ण हन्छ, सरकार र लगानीकर्ताबीच पुलको भूमिका खेल्नुपर्छ, यो बीचमा धितोपत्र बोर्डको आफ्नो भूमिका निभाएको देखिएन' शेयर बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन्। उनले प्यान र भ्याटको विषय अहिले देखिएको अन्योल चिर्न बोर्ड लागि पर्नुपर्ने बताउँछन्।

उनले पुँजीगत लाभकर गणानाको सवालमा बिल भरपाई नभएकोलाई सय रुपैयाँमा नै गणना गरेर कर लगाउने काम भएको भन्दै यसको समाधान गर्नु धितोपत्र बोर्डको दायित्व भएको भनाइ छ। 

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ताका समस्या र अपेक्षा पहिचान गरेर समाधान गर्न केन्द्रित हुनुपर्ने बताएकी छिन्। उनी पनि पछिल्लो समय धितोपत्र बोर्डले आफ्नो जिम्मेवारी पूरा गर्न नसेको गुनासो गर्छिन्।

उनले नयाँ अध्यक्षलाई पुँजीगत लाभकरको गणाना विधि भारित औसतअनुसार गर्ने भनिए पनि अर्थ मन्त्रालय र बोर्ड जिम्मेवारीबाट पन्छिएको भन्दै यसलाई कार्यान्वयन गर्न आग्रह गरेकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.