पक्षमा १०५ मत, विपक्षमा ३ मत
मकवानपुर : प्रदेश ३ को नाम बागमती कायम भएको छ। प्रदेश सभा संसदको आइतवार बिहान बसेको बैठकले बागमती नाम राखेको हो।
प्रदेशसभाको नाम बागमतीका पक्षमा सर्वसम्मत १०८ मत आएको थियो। जम्मा सांसद १ सय १० मध्ये स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित र सभामुख सहभागी हुन नमिल्ने भएकोले सबै मत आएको हो।
यसअघि प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडालाई पनि बहुमतले कायम गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।