|

काठमाडौं : स्पेनिश क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बखास्त गर्दै उनको स्थानमा नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

अघिल्ला दुई सिजनको ला लिगामा क्लबलाई विजयी गराएपनि भाल्भर्डेले अन्य प्रतियोगिता जिताउन सकेका थिएनन्। जारी सिजनमा पनि बार्सिलोनाले कमजोर क्लबसँग पराजय ब्यहोरेपछि क्लबले उनलाई हटाएको हो। 

भाल्भर्डेलाई रियल बेटिसका पूर्व प्रशिक्षक क्वेक सेटिनले प्रतिस्थापन गरेका हुन। सोमबार साँझ बसेको क्लब बैठकले ६१ बर्षीय सेटिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो।

भाल्भर्डेको प्रशिक्षणकालमा बार्सिलोना एकपटक पनि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.