|

म्याग्दी  ः लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा लिखित तत्कालिन पर्वत राज्यको ऐतिहासिक विषयमा लेखिएको उपन्यास ‘महारानी’ लोकार्पण भएको छ।

धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजको आयोजनामा राष्ट्रियसभामा नेकपाका संसदीय दलका प्रमुख सचेतक तथा साहित्यकार पूर्वमन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाँलगायतले पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए। समीक्षक लोहनीले उपन्यासमा इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले पाठकलाई खुलदुली जगाउने बताए।

समीक्षक श्रोताले आफू जन्मिएको क्षेत्रको इतिहासबारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको भन्दै इतिहास पढ्ने र इतिहास बुझ्नेका लागि पनि उक्त उपन्यास सहयोगी हुने धारणा राखेका थिए।

लेखक बानियाँले स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा तत्कालिन पर्वत राज्यको इतिहास लगायत धर्म,दर्शन र समसामयिक विषयमा आलेखहरु लेख्दै आएका छन्। म्याग्दी स्थायी घर भएका लेखक बानियाँ  हाल पोखरामा बसोबास गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.