|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले पाठेघर र स्तन क्यान्सरको शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाले महिलाहरुको स्वास्थ्यका लागि छहारी क्लवमा रहेको आम्दा नेपालको कार्यालयमा निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो।  

गोकर्णेश्वर नगरपालिकाका शाखा अधिकृत भिम बहादुर शाहीले महिलाहरुको स्वास्थ्य सुविधाका लागि पाठेघर र क्यान्सरको शनिबार निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको बताए। ‘आम्दा नेपालको आयोजना र नगरपालिकाको सहयोगमा पाठेघर र स्तन क्यान्सरको विशेषज्ञ चिकित्सकबाट शनिबार निःशुल्क स्वास्थ्य शिविर हुदै छ,’उनले भने,‘महिला दिदी बहिनीहरुलाई शिविरमा स्वास्थ्य परिक्षण गर्न सक्नेछन।’

यस स्वास्थ्य शिविरले धेरै महिलाको स्वास्थ्यमा फाइदा पुग्ने उनको अनुमान छ। उनका अनुसार माघ ४ गते शनिबार जोरपाटीको छहारी क्लवमा रहेको आम्दा नेपालको कार्यालयमा १० बजेदेखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.