|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाँउ संगमटोलस्थित बुधबार बिहान एक यवक मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा भीमदत्त नगरपालिका-१० कञ्चनपुरका २८ वर्षीय दीपक गिरी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए।

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएका र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेका थिए।

मृतक व्यक्ति उच्च रक्तचापको औषधिसेवनकर्तासमेत रहेको परिवार स्रोतले जनाएको छ। मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ।

मोटरसाइकल लुट्न खोज्‍ने एक पक्राउ

डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाँउबाट मोटरसाइकल लुट्न खोज्ने एकजनालाई जोगबुडा प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान परशुराम मेला भर्न गएका बेला पनपा-१० सालघाडीका शेरबहादुर कुँवरको म. २प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय अरुण नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

भीमदत्त नगरपालिका-९ कञ्चनपुर घर भएका मोटरसाइकल लुट्न खोज्ने नायकले कुवँरको टाउकोमा हेलमेट प्रहार गरी घाइतेसमेत बनाएको इप्रका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लले बताए। मोटरसाइकल प्रहरी नियन्त्रणमा छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.