|
फाइल फोटो

सप्तरी : नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ।  

स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।   

उनका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए। प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.