|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदर बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्।

जनसंख्या कम भएको भन्दै रुसी राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन्। उनले आउने चार वर्षमा त्यसलाई झन्डै दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन्। अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्।

रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने बताउँदै उनले नयाँ घोषणा गरेका हुन्। गत वर्ष पनि पुटिनले ठूला परिवारलाई कर छुट दिने प्रतिज्ञा गरेका थिए।

उनले घट्दो जन्मदरप्रति चिन्ता व्यक्त गर्दै देशको जन्मदर अहिले फेरि घट्न थालेको बताए। त्यसपछि उनले अब बन्ने नयाँ आमाहरूलाई राज्य सुबिधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

संसदको दुवै सदनलाई दिइएको आफ्नो वार्षिक सम्बोधनमा उनले रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।  उनले परिवारको सङ्ख्या बढाउन चाहने युवा पुस्तालाई सरकारले सहयोग गर्ने बताए। अहिलेसम्म कम्तीमा दुई बालबालिका भएका आमाले मातृत्व सेवा सहुलियत पाउँदै आएका छन्।

न्यून आय भएका परिवारका तीनदेखि सात वर्ष उमेरसम्मका केटाकेटीले पनि सरकारी सुविधा पाउँछन्।  रुस र कैयौँ पूर्वी युरोपेली देशहरू अहिले घट्दो जन्मदर बढाउन सङ्‍घर्ष गरिरहेका छन्। रुसमा चार बच्चाका आमालाई अहिले पनि केही कर छुट दिइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.