|

हेटौंडा : विद्यार्थीलाई मारमा पर्नेगरी शुल्क वृद्धिको विरोधमा मकवानापुर बहुमुखी क्याम्पसमा अनेरास्वयु रिले अनशन गरिरहेको छ। भर्नामा शतप्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धिपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले पनि अनशनलाई समर्थन गरेको छ। आन्दोलन जारी राखे पनि क्याम्पस प्रशासनले कुनै सुनुवाइ नगरेको क्याम्पसका स्ववियु सभापति कुमार केसीले बताए। क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने उनले बताए।

तर, क्याम्पस प्रशासनले शिक्षक कर्मचारीको २ पटक तलब वृद्धि भएपछि ८ वर्षपछि शुल्क वृद्धि गरेको जनाएको छ। ‘यो सेमेस्टरमा पढ्ने विद्यार्थी बाहेकको हकमा बृद्धि भएको हो, आठ वर्षपछि बढ्दा केही धेरै देखिएपनि समयसापेक्ष छ’, क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्यायले भने। क्याम्पसमा करिब ५५ सय विद्यार्थी अध्ययनरत छन्।  

वार्तामा बोलाएर नआएको आरोप

आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएर क्याम्पस प्रशासन भने नआएको विद्यार्थीले आरोप लगाएका छन्। वार्तामा क्याम्पस प्रमुख उपस्थित नभएपछि  विद्यार्थीहरूले वार्ता बहिष्कार गरेको बताएका छन्। वार्तामा बोलाएर सञ्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख डा. शकर उपाध्याय नआएपछि दुई संगठनले वार्ता बहिष्कार गरेको  आन्दोलनरत विद्यार्थीहरूले जनाएका छन्।

वार्तामा सञ्चालक समितिका तर्फबाट हिरालाल श्रेष्ठ, विष्णुप्रसाद दाहाल, कृष्ण धिताल, राजीव सुवेदी, नवराज विष्ट रहेका थिए। विद्यार्थी संगठनलाई पठाएको पत्रमा वार्ता टोलीमा सञ्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख डा. शकर उपाध्यायको पनि नाम उल्लेख गरेको तर वार्तामा क्याम्पस प्रशासनका कर्मचारी विष्णु श्रेष्ठलाई पठाएपछि बहिष्कार गरेको विद्यार्थीहरूले बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटिको ध्यानाकर्षण

अनेरास्ववियु केन्द्रीय समितिको पहिलो बैठकले मकवानपुर बहुमुखी क्याम्पसमा भइरहेको आन्दोलनबारे ध्यानाकषर्ण जनाएको छ। संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन रहेको र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको जनाएका छन्।

 

विज्ञप्ति 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.