|
फाइल तस्बिर

बारा : बाराको जितपुरसिमरा-२० मा बाख्रा चराउन गएकी एक युवतीलाई उखुबारी लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जितपुरसिमरा-२० बस्ने  २५ वर्षीय शेष जमिन आलम, सोही वडाका १८ वर्षीय नैमुदिन अन्सारी र १९ वर्षीय  शेष समी अख्तरलाई प्रकाउ गरेको हो।

खेतमा बाख्रा चराउन गएकी  २० युवतीलाई तीनजनाले उखुबारीमा  लगेर जबरजस्ती करणी गर्दा स्थानीय वीरेन्द्र प्रसाद चौरासिया बचाएर प्रहरीमा खबर गरेक थिए। उनीहरूले घटनाका चौरासिया र  पीडित युवतीलाई घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको  इलाकाका सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्दु पुरीले बताए।

बुधबार साँझ भएको घटना स्थानीयले गाँउमै मिलाउन लागेको सूचना पाएलगत्तै प्रहरीले ३ जनालाई प्रकाउ गरेको हो। ‘घटनालाई गाँउमै मिलाउन लागेको सूचना पाएलगत्तै हाम्रो प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेर ल्याएको हो’ डिइसपी पुरीले भने।

पक्राउ परेका तीनैजनाविरुद्ध बिहीबार जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.